काठमाडौं । राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले बलात्कार जस्तो जघन्य हिसांप्रति महिला आयोगको शून्य सहनशीलताको नीति अपनाउने बताउनुभएको छ ।
सोमबार समृद्धि फाउन्डेसन नेपालको ज्ञापनपत्र बुझ्दै उहाँले घटनाको अनुसन्धान तथा छानविन गरी पीडितलाई न्याय प्रदान गर्न तथा पीडकलाई कारबाही गराउन सबै पक्षको सहयोगका लागि आग्रह गर्नुभयो ।
त्यसैगरी राष्ट्रिय महिला आयोगकी माननीय सदस्य कृष्ण कुमारी खतीवडाले हदम्याद सम्बन्धी कानुनलाई राष्ट्रिय महिला आयोगले खारेज गर्न लगाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
समृद्धि फाउन्डेसन नेपालकी अध्यक्ष संगीता श्रेष्ठले नेपालमा महिला तथा बालिकामाथि हुने गरेको यौन दुर्व्यवहारका घटना रोक्न, पीडितलाई तत्काल न्याय दिलाउन र हदम्याद खारेज गर्नुपर्ने माग गर्नुभयो ।
ज्ञापन पत्रमा प्रत्येक नाबालिका, किशोरी तथा महिलाहरूको भयरहित वातावरणमा स्वतन्त्र एवंसुरक्षित भइ बाँच्न पाउने अधिकार सुनिश्चित गर्न ध्नाकर्षण गराइएको छ ।
प्रतिक्रिया दिनुहोस्