काठमाडाैं । ताप्लेजुङमा रहेकाे प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा गत जेठ महिनामा साढे ४६ लाख रुपैयाँ भन्दा बढी भेटी रकम सङ्कलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिले जेठ महिनामा साेही भेटी रकम सङ्कलन भएको जनाएकाे हाे । समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले सार्वजनिक गर्नुभएको विवरण अनुसार जेठमा कूल ४६ लाख ६० हजार ६ सय रुपैयाँ…