सविना अछामे-संवाददाता खोटाङ । खोटाङमा सञ्चालित दर्जन बढी विकास योजनाहरू अलपत्र परेका छन् । निर्माण व्यवसायीको ढिलासुस्ती र लापरबाहीका कारण सडक तथा पुल निर्माणका ठूला योजनाहरू समयमै सम्पन्न हुन नसक्दा स्थानीय बासिन्दाले सास्ती खेप्नुपरेको हाे । पूर्वाधार विकास कार्यालय खोटाङले चालु आर्थिक वर्षमा सञ्चालन गरेका १ सय २५ योजना मध्ये करिब एक दर्जन महत्वपूर्ण योजनाहरू…