बारा । प्रदेश–२ का अधिकांश बैंक तथा वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व वहन नगरी मुनाफा केन्द्रित बन्दै गएका छन् । नियमन निकायको कमजोर उपस्थितिले प्रदेश २ का बैंक तथा वित्तीय संस्था सामाजिक उत्तरदायित्वमा कमजोर बनेको आरोप लाग्न थालेको छ । प्रत्येक वर्ष प्रदेश २ मा बाढी, शीतलहर तथा सरुवा रोगले निम्न वर्ग प्रभावित हुने गरेका छन्…