
काठमाडाैं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले एसिड छ्याप्ने व्यक्तिलाई सार्वजनिक स्थलमा झुण्ड्याउनु पर्ने बताउनुभएको छ ।
१ सय ११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले संविधान संशोधन गरेर भए पनि यस्ता अपराधीलाई झुण्ड्याउनुपर्ने कानुन ल्याउनुपर्ने बताउनुभयो ।
प्रदेश सरकारसँग आफ्नो प्रशासन नभएकाले पनि आशा गरे अनुरुप अपराध न्युनीकरण गर्न नसकिएको मुख्यमन्त्री राउतको गुनासो छ । उहाँले प्रदेश सरकारले चाँडै आफ्नो अधिकार पाउने विश्वास व्यक्त गर्दै प्रदेश सरकारले नै अपराध निर्मूल पार्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत सोमबार प्रदेश सरकारले ८ कक्षामा अध्ययनरत १ हजार ५ सय २० जना छात्रालाई साइकल वितरण गरेको छ ।
प्रतिक्रिया दिनुहोस्