काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमले देशलाई संकटमा धकेलेको आरोप लगाउनुभएको छ । राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा गरिएको भर्चुअल संवादमा उहाँले प्रतिनिधिसभा विघटन गरेर ओलीले स्थिरतातर्फ लम्कँदै गरेको देशलाई संकटमा धकेलेको बताउनुभयो । सभापति देउवाले जनताको लामो संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुने बेला ओलीले असंंवैधानिक कदम चालेकाले…