ललितपुर महानगरले हस्तकला उत्पादन प्रदर्शनी गर्ने • Image Khabar Image Khabar


ललितपुर महानगरले हस्तकला उत्पादन प्रदर्शनी गर्ने


Imagekhabar
२० फाल्गुन २०७७, बिहीबार १४:४९

ललितपुर महानगरले हस्तकला उत्पादन प्रदर्शनी गर्ने

काठमाडौं । ललितपुर महानगरपालिकाले हस्तकला उत्पादन प्रदर्शनी गर्ने भएको छ । १११औं अन्तर्राट्रिय महिला दिवसको अवसरमा महानगरपालिकाले तीन दिने हस्तकला उत्पादन प्रदर्शन गर्न लागेको हो ।

बिहीबार पत्रकार सम्मेलन गर्दै महानगरपालिकाले महिला दिवसको अवसरमा फागुन २२ गतेदेखि २४ गतेसम्म विभिन्न औपचारिक कार्यक्रम आयोजना गर्ने जनाएको छ । ‘महिला सशक्तिकरणका लागि पुरुषको सहभागिता अपरिहार्य’ भन्ने नाराका साथ महानगरपालिकाले दिवस मनाउन लागेको हो ।

पत्रकार सम्मेलनमा महानगरपालिका मेयर चिरिबाबु मर्हजनले महिलालाई आत्मनिर्भर बनाउन विनाब्याज ऋण उपलब्ध गराउने बताउनुभयो । महानगरपालिकाले महिला दिवसको कार्यक्रमलाई वर्षभरी नै विभिन्न कार्यक्रम गरी मनाउने उपमेयर गिता सत्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्