Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


परराष्ट्रमन्त्री खनालसहितको नेपाली टोली अमेरिका प्रस्थान


637
Shares

काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको नेपाली टोली आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गरेको छ।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक तथा मन्त्रिस्तरीय भेलामा सहभागिता जनाउनुहुनेछ।

त्यस्तै, उहाँले आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्तासमेत गर्नुहुने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन शाह १४ सदस्यीय टोलीसहित आगामी ६ असोजमा अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

Skip This