Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


पौडेललाई देउवाको काउन्टर- प्रधानमन्त्रीको प्रस्ताव आए पछि हटिन्न, सानो चित्त नबनाउनुस्


0
Shares

चितवन । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सरकार नेतृत्वको जिम्मेवारी काँधमा आए पछि नहट्ने बताउनुभएको छ ।

पूर्व सांसद् एवं नेपाली कांग्रेसका नेता एकनाथ रानाभाटको श्रद्धान्जली सभामा बोल्दै सभापति देउवाले कांग्रेस पदको लोभ नगर्ने पार्टी भएकाले पदको लोभ पनि नगर्ने तर जिम्मेवारी आए पछि नहट्ने प्रष्ट पार्नुभयो ।

तर सोही शोकसभामा बोल्नुभएका वरिष्ठ नेता रामचन्द्र पौडेलले भने अहिलेको परिस्थितिमा कांग्रेसले प्रतिपक्षको भूमिका भुल्न नहुने बताउनुभयो । उहाँले जनताले प्रतिपक्षमै बस्ने म्यान्डेड दिएकाले कांग्रेस आफ्नो भूमिकाबाट विचलिन हुन नहुने धारणा राख्नुभयो ।

पौडेलको भनाइलाई काउन्टर दिँदै सभापति देउवाले कांग्रेसले सरकारको नेतृत्व गर्दा देशलाई फाइदा हुने भएकाले सानो चित्त नबनाउन पौडेललाई आग्रह गर्नुभयो ।

कार्यक्रममा सभापति देउवा, वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला लगायतका नेताहरूले पूर्व सांसद एकनाथ रानाभाटको योगदानको स्मरण गर्दै संगठनलाई मजबुद बनाएर जनताको चाहनालाई पूरा गर्न सके उहाँप्रति सम्मान हुने बताएका थिए ।

Skip This