काठमाडौं, जेठ २९ । प्रधानन्यायाधीशसहित संवैधानिक निकायका पदाधिकारी सिफारिसका लागि मंगलबार संवैधानिक परिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपराह्न ४ बजेका लागि बोलाइएको बैठकमा तीन महिनादेखि रिक्त प्रधानन्यायाधीश लगायत अन्य संवैधानिक निकायमा रिक्त पदाधिकारी सिफारिस गर्नेबारे छलफल हुने बताइएको छ । गत फागुन ३० गतेदेखि प्रधानन्यायाधीशको पद रिक्त छ ।…