प्रकाश भट्ट, कञ्चनपुर । कञ्चनपुरको महाकाली नदीमा बगेर सशस्त्र प्रहरी बलका एक सहायक निरीक्षक (असई) बेपत्ता भएका छन् ।
दोधाराचाँदनीस्थित सशस्त्र प्रहरीको बीओपी देवीस्थानमा कार्यरत असई सागरराज थारु शनिबार नेपाल टेलिकमका तार तान्ने क्रममा नदीमा खसेर बेपत्ता भएका हुन् ।
सशस्त्र प्रहरीका अनुसार बोटमा सवार सुरक्षाकर्मीसहित सात जना नदीमा तार तान्ने काममा खटिएका थिए । सोही क्रममा थारु बोटबाट खसेर नदीमा बेपत्ता भएका हुन् । घटनामा संलग्न अन्य छ जना भने सकुशल रहेको जनाइएको छ ।
गत असोज १४ गते दोधाराचाँदनी र भीमदत्त नगरपालिका जोड्ने झोलुङ्गे पुलको एक पिलर महाकाली नदीमा खसेको थियो । त्यसपछि पुलमा जडान गरिएका टेलिफोन तथा इन्टरनेटका तारसमेत विच्छेद भएका थिए । तार टुटेपछि दोधाराचाँदनी क्षेत्रमा तारमार्फत उपलब्ध हुँदै आएको सञ्चार सेवा प्रभावित भएको थियो ।









प्रतिक्रिया दिनुहोस्