Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना


351
Shares

काठमाडौं । पश्चिमी वायु र मनसुनी प्रणालीको आंशिक प्रभावका कारण आज देशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बादल लागेको छ।

दिउँसो कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागसहित अन्य हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

महाशाखाका अनुसार आज राति हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने पहाडी तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कर्णाली प्रदेशको हिमाली क्षेत्रका एक–दुई स्थानमा भने हल्का वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान छ।