Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


बाढीपहिरोले बेनी–जोमसोम–कोरला सडक अस्तव्यस्त, इन्धन अभावले मर्मतमा सकस


0
Shares

लक्ष्मण सापकोटा, पर्वत। गत साताको वर्षापछि आएको बाढीपहिरोका कारण चीन र भारत जोड्ने बेनी–जोमसोम–कोरला सडकखण्ड अस्तव्यस्त बनेको छ ।

मालढुंगादेखि घाँसासम्मको करिब ५० किलोमिटर सडकमा ४६ भन्दा बढी स्थानमा अवरोध भएपछि मर्मत तथा पुनःसञ्चालनको काम तीव्र पारिए पनि इन्धन अभावका कारण समस्या भएको छ ।

राहुघाट र तातोपानी क्षेत्रमा एकतर्फी यातायात सञ्चालनमा ल्याइए पनि तिल्केनीचौर–पोखरेबगर खण्डमा डोजर तथा लोडर चलाउन डिजेल अभाव भएपछि सडक खुलाउने काम प्रभावित भएको छ ।

त्यस्तै, तिल्केनीचौरमा राहुघाट जलविद्युत् आयोजनाको ग्याबियन टावर हटाउन ढिलाइ हुँदा मर्मत कार्यसमेत रोकिएको छ । अहिले रघुगङ्गाको वैकल्पिक बाटो प्रयोग गरी साना सवारीसाधन तथा इन्धन ढुवानीको प्रयास भइरहेको छ ।

सडक विभागका महानिर्देशकसहितको टोलीले प्रभावित क्षेत्रको निरीक्षण गर्दै मर्मतका लागि आवश्यक स्रोतसाधनको अभाव हुन नदिने प्रतिबद्धता जनाएको छ ।

पर्यटकीय यामको मुखमै चीनसँगको व्यापारिक नाका कोरला जोड्ने मुख्य सडक अवरुद्ध भएपछि सरकारले सडकलाई उच्च प्राथमिकतामा राखेर सञ्चालनमा ल्याउने पहल गरिरहेको जनाएको छ।

Skip This