Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना


0
Shares

काठमाडौं । पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभावका कारण देशका हिमाली तथा पहाडी क्षेत्रमा बदली भएको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही हिमाली क्षेत्रमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार सोमबार कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा मध्यमसम्म वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ।

त्यस्तै, लुम्बिनी प्रदेशको हिमाली भूभागमा पनि वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यता, तराईका अधिकांश भूभागमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।