सर्लाही, मंसिर २० । सर्लाहीको दक्षिण–पूर्वी भेगमा पर्ने हरिपुर्वा नगरपालिका कार्यालयमा विद्यार्थीहरुले तोडफोड गरेका छन् । विद्यालयमा लामो समयदेखि पढाइ नभएको जानकारी गराइरहँदा पनि नगरपालिकाले बेवास्ता गरेपछि केश्वर गरिब जनता माध्यमिक विद्यालयका विद्यार्थीहरु तोडफोडमा उत्रिएका हुन् । विद्यालयले मनोमानी किसिमले शिक्षक नियुक्त गरेको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेपछि तीनजना शिक्षकले अध्यापन गराउन…