
बिराज रोस्यारा (इमेज)
कैलाली, मंसिर १८ । सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७६/०७७ को पहिलो चौमासिक अवधिमा सवा अर्ब रुपैयाँ बराबर खर्च गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सातै मन्त्रालयका प्रथम चौमासिक प्रगति समीक्षाका क्रममा उक्त जानकारी गराइएको हो ।
यस अवधिमा चालू बजेटतर्फ ८१ करोड खर्च भएको छ भने पुँजीगततर्फ ४६ करोड गरी एक अर्ब २७ करोड खर्च भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयका मुख्यसचिव नारायणप्रसाद बिडारीले बताए ।
उनले दोसो चौमासिकसम्म ८० प्रतिशत खर्च गरिसक्ने दाबी गरे ।
पहिलो चौमासिकमा ५ प्रतिशत खर्च भएपनि दोसो चौमासिकमा ७५ प्रतिशत खर्च गर्ने उनको दाबी छ ।
उनले सबै मन्त्रालयको मासिक कार्यविभाजन गरेर अगाडि बढ्ने पनि बताए ।
समीक्षा बैठकमा मुख्यमन्त्री, प्रदेशका मन्त्रीहरु, मन्त्रालयका सचिवहरु, प्रदेशका सभासचिव र प्रदेश लेखा नियन्त्रण कार्यलयका प्रमुखको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्