काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने निजी भ्रमणका लागि भारत प्रस्थान गर्नुभएकाे छ ।
उहाँ पत्नी निकिता पौडेलसहित आज बिहान काठमाडौंबाट हवाईजहाजमार्फत धनगढी प्रस्थान गर्नुभएकाे हाे। उहाँहरू धनगढी हुँदै भारततर्फ लाग्ने कार्यक्रम छ।
तीन दिने आध्यात्मिक भ्रमणका क्रममा लामिछानेले भारतको उत्तराखण्ड, नैनीतालस्थित कैँचीधाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा सपरिवार पूजाआजा गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी दिएको छ।
तीन दिने धार्मिक तथा पारिवारिक भ्रमण पूरा गरेर रवि लामिछाने स्वदेश फर्किनु हुनेछ ।
लामिछानेको सचिवालयले यो भ्रमणलाई निजी तथा पारिवारिक तीर्थाटन रहेकाे बताउनुभएकाे छ ।










प्रतिक्रिया दिनुहोस्