Logo ६ कार्तिक २०८३, शुक्रबार | Fri Oct 23 2026


दोर्जीलाक्पा हिमालको चुचुराबाट स्की माउन्टेनियरिङ !


0
Shares

चिरञ्जीवी मास्के,काठमाडौं ।

सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकामा पर्ने ६,९६६ मीटर उँचाईको दोर्जीलाक्पा हिमालमा पहिलो पटक विदेशी नागरिकले सफलता पूर्वक स्की माउन्टेनियरिङ पुरा गरेका छन् ।

उनीहरुले कार्तिक ३ गते दिउँसो १ः४५ बजे ६,९६६ मीटर उँचाईबाट सफलता पूर्वक स्की माउन्टेनियरिङ पुरा गरेको क्लाम्विङ गाईड दावा गेल्जी शेर्पाले बताए । यो हिमाल आरोहण र स्की माउन्टेनियरिङको लागि निक्कै अप्ठेरो मानिन्छ । चार जना अमेरीकी नागरिक र एक जना क्यानेडियन नागरिक तीन जना नेपाली क्लाम्बिङ गाईडको सहयोगमा स्की माउन्टेनियरिङको लागि एक हप्ता अघि दोर्जीलाक्पा हिमालको बेसक्याम्प (४,१९० मीटर) पुगेका थिए ।

मौसममा समस्या आएको कारण केही दिन बेसक्याम्पनै बसेका उनीहरु ६,००० मीटर उँचाईमा केही समय स्की माउन्टेनियरिङमा रमाएमा थिए । बेसक्याम्पबाट क्याम्प– २ (६,००० मीटर) सम्म क्लाम्विङ गाईड दावा गेल्जी शेर्पाले गरेका थिए ।

विहिवार पाँच जना विदेशी मध्य चर्चित अमेरीकन स्की माउन्टेनियरिङ निकोलस मेटेज रसेलर (टिम लिडर), विलियम रोवर्ट हास र एडम कोडी फेब्रिकान्टले दोर्जीलाक्पा हिमालको चुचुरो ६,९६६ मीटर उँचाईमा पुगेर सफलतापूर्व स्की माउन्टेनियरिङ गरेको क्लाम्विङ गाईड दावा गेल्जी शेर्पाले बताए ।

सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिकाको छिन्टीबाट झण्डै पाँच दिनको पैदलयात्रा गरी स्की माउन्टेनियरिङ टोली एक हप्ता अघि दोर्जीलाक्पा हिमालको बेसक्याम्प पुगेका थिए । ६,९६६ मीटर उँचाईको दोर्जीलाक्पा हिमालको चुचुराबाट सफलता पूर्वक स्की माउन्टेनियरिङ गर्न सकेकोमा टिम लिडर निकोलस मेटेज रसेलर लगायत टोलीका सबैजना निक्कै खुशी भएको क्लाम्विङ गाईड दावा गेल्जी शेर्पाले सुनाए ।

आफुहरुले पनि दशै जस्तो चाँडमा समेत उनीहरुलाई साथ दिएको दावा गेल्जी बताउछन् । एक हप्ता भन्दा बढी समय उनीहरु संग हिमाली क्षेत्रमै विताएको र उनीहरुको सफलतामा आफुहरु पनि खुशी भएको दावा गेल्जीले बताए । अमेरीकी नागरिक निकोलस मेटेज रसेलरको टिमले यस अघि धौलागिरी हिमालमा स्की माउन्टेनियरिङको प्रयास गरेर असफल भएको उल्लेख गर्दै यो पटकको सफलताले उनीहरु खुशीसंगै निक्कै उत्साहित समेत बनेको दावा गेल्जीको भनाई छ ।

Skip This