धरान उपमहानगरपालिकाका मेयर राईले थाले काम - Image Khabar
Everest Bank

धरान उपमहानगरपालिकाका मेयर राईले थाले काम

सुनसरी, मंसिर १८ । धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर तिलक राईले कार्यभार सम्हालेका छन् ।

उनले आजबाट कार्यभार सम्हालेका हुन् । राई नेपाली कांग्रेसका तर्फबाट मंसिर १४ मा भएको उपनिर्वाचनमा धरान नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।

राई २६ सय ९५ बढी मत ल्याएर मेयरमा निर्वाचित भएका हुन् । राईले २६ हजार ७०९ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी प्रकाश राईले २३ हजार ९१४ मत प्राप्त गरेका थिए ।

धरान उपमहानगरपालिका तात्कालीन नेकपा एमालेको परम्परागत गढ मानिन्छ । २०४८ सालयता त्यहाँको मेयरमा कांग्रेसले चुनाव जित्न सकेको थिएन । 

प्रतिक्रिया दिनुहोस्