काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोलानजिक तिग्राङ खानी क्षेत्रमा खसेको सुक्खा पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ। राजमार्ग शुक्रबार बिहान ४ बजेदेखि दुवैतर्फका सवारीसाधनका लागि पूर्ण रूपमा सञ्चालनमा आएको हो। यसअघि सो क्षेत्रमा माथिबाट निरन्तर सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो। जोखिमका कारण जिल्ला प्रशासन कार्यालय धादिङले…