ओखलढुंगा । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-२ बोदेलमा शुक्रबार बिहान पहिरो जाँदा हुङ्गा खोला थुनिएर ताल बनेको छ।

जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले पहिरोका कारण खोला थुनिएपछि १ सय मिटर लम्बाइ र १५ देखि २० मिटर उचाइको ताल बनेको जनाएकाे हाे। बोदेलमा थुनिएको उक्त खोला सोताङ गाउँपालिका र थुलुङ दूधकोशी गाउँपालिका हुँदै ओखलढुङ्गाको दूधकोशी नदीमा मिसिने भएकाले सोही तटीय क्षेत्रका बस्तीहरूमा असर पर्न सक्ने देखिएको छ।
खोला थुनिएको जानकारी प्राप्त हुनासाथ दूधकोशी नदी र हुङ्गा खोला आसपासका बस्तीहरूमा जानकारी गराई शतर्कता अपनाउन प्रहरीले अनुरोध गरेको हाे। प्रहरीले खोला बग्ने बाटो तथा दूधकोशी नदी नजिकका क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई उच्च शतर्कता अपनाउन समेत आग्रह गरेको छ।











प्रतिक्रिया दिनुहोस्