काठमाडाैं । मुस्ताङको लोमान्थाङ केन्द्रबिन्दु भएर मंगलबार राति ५ दशमलव ३ म्याग्निच्यूडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले मंगलबार राति ९ बजेर ५३ मिनेट जाँदा लोमान्थाङ र तिब्बतको सीमानामा केन्द्रबिन्दु भएर ५ दशमलव ३ म्याग्निच्यूडको भूकम्प गएको बताउनुभएकाे हाे। जसको धक्का काठमाडौंमा पनि हल्का महशुस भएको उहाँले जानकारी दिनुभएकाे छ।

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टासी नोर्बु गुरुङले भूकम्पको केन्द्रबिन्दु तिब्बतसँगको सीमानामा रहेको र पालिकाका तीन वटा वडामा अधिकांश घरहरु चर्किएको जानकारी दिनुभयाे। भूकम्पले ३ वटा घर भत्किएका छन् मानवीय क्षतिको विवरण भने अहिले सम्म नआएको उहाँले बताउनुभयो ।
भूकम्पपछि ५ पटक पराकम्प जाँदा उपल्लो मुस्ताङबासी त्रासमा रातकाटेको र अहिले पनि खुल्ला ठाउँमा बसिरहेको अध्यक्ष गुरुङले बताउनुभएकाे छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले भूकम्पबाट कुनै क्षति भयो भएन भन्ने विषयमा बुझ्न बुधबार बिहानै प्रहरी टोली घटनास्थल प्रस्थान गरिसकेको बताउनुभयाे।









प्रतिक्रिया दिनुहोस्