Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


कांग्रेस-एमालेबीचको संविधान संशोधन गर्ने सहमती हामी मान्दैनौं : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधान संशोधन गर्ने कांग्रेस–एमालेबीचको सहमती मान्य नहुने चेतावनी दिनुभएको छ । पुष्पलाल स्मृति प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै झलनाथ खनालले सो कुरा बताउनुभएको हो । सम्मानित नेता खनालले सत्तारुढ दुई ठूला पार्टीले सत्ता स्वार्थका लागि गरिएको कुनैपनि सहमती सैह्य नहुने बताउनुभयो…