काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले पूर्वसभामुख स्व. दमननाथ ढुंगानालाई संसदीय मूल्यमान्यता स्थापित गराउने व्यक्तिको रुपमा आफूले लिएको बताउनुभएको छ ।
सोमबार सानो गौचरणमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्न पुग्नुभएका मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीले स्व।ढुंगानाका जीवनका विभिन्न आयामहरु रहेको बताउनुभयो । उहाँले स्व।ढुंगाना कानूनी क्षेत्रमा वरिष्ठ अधिवक्ता भइ संवैधानिक, कानूनी, राजनीतिक पक्षका मुद्दाहरुमा बहस गर्नुभएको बताउनुभयो । उहाँले समन्वयकारी भुमिका निर्वाह गर्ने व्यक्तिका रुपमा आफूले स्मरण गर्ने बताउनुभयो ।
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीले स्व। ढुंगानाले समाज र राष्ट्रको लागि कानूनी क्षेत्रदेखि राजनीतिक, संसदीय क्षेत्रको पद्धतिमा बसेर गर्नुभएको योगदान स्मरणीय रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्