काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले स्व. दमननाथ ढुंगानाले शान्ति सम्झौता र संविधान सभाको वातावरण बनाउन अविष्मरणीय योगदान गर्नुभएको बताउनुभएको छ ।
सोमबार पूर्वसभामुख ढुंगानालाई अन्तिम श्रद्धाञ्जली दिन सानो गौचरण पुग्नुभएका अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो ।
अध्यक्ष दाहालले स्व. ढुंगानालाई नेपालको लोकतान्त्रिक आन्दोलनको एउटा ऐतिहासिक व्यक्तित्वको रुपमा नेपाली जनताले सधैँ सम्झि रहने बताउनुभयो । दमननाथ ढुंगाना र पद्यरत्न तुलाधरले शान्ति सम्झौताको वातावरण र संविधान सभाको वातावरण बनाउन र देशलाई लोकतान्त्रिक गणतन्त्रमा ल्याउन खेलेको भुमिका अविष्मरणीय रहेको बताउनुभयो ।
अध्यक्ष दाहालले नेपाली जनताले लोकतान्त्रिक व्यक्तित्वको रुपमा ढुंगानालाई सधैँ स्मरण गर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्