काठमाडौं । राष्ट्रिय योजना आयोगका सचिव मधुकुमार मरासिनीले नेपाल एलडीसीमा हुँदा पनि धेरै आर्थिक वृद्धिको क्षेत्रमा काम गर्न नसकेको बताउनुभएको छ ।
सोमबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको एफएनसीसीआई इनोभेसन संवाद कार्यक्रममा बोल्दै सचिव मरासिनीले यस्तो बताउनुभएको हो ।
सचिव मरासिनीले अतिकम विकसित मुलुक (एलडीसी)बाट नेपाल विकासशील मुलुकको सूचिमा रहँदा आर्थिक सुधार र विकास गर्न सकिने भएपनि नेपालले खासै विकास गर्न नसकेको बताउनुभयो । उहाँले नेपाल जस्तै धेरै अतिकम विकसित मुलुकहरु आर्थिक रुपमा माथि पुगेको बताउनुभयो ।
नेपाल अतिकम विकसित मुलुक (एलडीसी)बाट विकासशील मुलुकमा रूपान्तरणको तयारीमा रहेको बताउनुभयो । उहाँले स्तरोन्ति हुँदा नेपाललाई पुन अतिकम विकसित मुलुकमा नफर्किने र दीर्घकालिन बनाउनुपर्ने चुनौति रहेको बताउनुभयो ।
सचिव मरासिनीले मुलुकको व्यापार र नविनतम उद्यमको विकास गर्नु त्यसको आधार निर्माण भएको बताउनुभयो । उहाँले सरकारले शिक्षा र स्वास्थ्यमा पनि लगानी गर्ने र निजी क्षेत्रलाई सहुलियत दिन सक्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्