काठमाडौं । कानूनविद्हरुले स्वर्गीय दमननाथ ढुंगानालाई असाधारण व्यक्तिको रुपमा चित्रण गरेका छन् ।
नेपाल बारका पूर्वअध्यक्ष समेत रहनुभएका वरिष्ठ अधिवक्ता शम्भू थापा, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतका कानूनविद्हरुले उहाँले वकालत पेशा छोडेर देश र जनताको सेवामा समर्पित हुनुभएको पनि स्मरण गराउनुभयो ।
सोमबार पूर्वसभामुख ढुंगानाको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने क्रममा वरिष्ठ अधिवक्ता थापाले ढुंगानालाई संसदमा द्वन्द्व समाधानको व्यक्तिको रुपमा स्मरण गर्नुभयो । ढुंगानाले माओवादीलाई शान्तिपूर्ण बाटोमा ल्याउन पनि अग्रणी भुमिका निर्वाह गरेको उहँको भनाई थियो ।
त्यसैगरी अर्का वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले ढुंगानालाई संविधानको बारेमा असाधारण ज्ञान भएको व्यक्तिको रुपमा उल्लेख गर्नुभयो । उहाँले नेपालको नागरिक आन्दोलन, लोकतान्त्रिक आन्दोलनको अगुवाको रुपमा ढुंगानाले मुलुकले सदा सम्झने बताउनु भयो ।
वरिष्ठ अधिवक्ता त्रिपाठीले ढुंगानाले नेपालमा लोकतन्त्र ल्याउनका लागि सम्झौताहिन संघर्ष गरेको पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्