काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्व. दमननाथ ढुंगानाले सरकार बहुमतको र संसद विपक्षीको भन्नेकुरा स्थापित गराउनुभएको बताउनुभएको छ ।
सोमबार सानो गौचरणमा स्व। ढुगानाको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिन पुग्नुभएका सभापति देउवाले यस्तो बताउनुभएको हो । उहाँले नेपाली कांग्रेसबाट सभामुख बन्नुभएको र निष्पक्ष रुपमा काम गर्नुभएको बताउनुभयो ।
सभापति देउवाले पार्टीलाई अफ्ठ्यारो बनाउनुभएको महशुस त्यो बेलाम गरेपनि अहिले आएर होइन भन्नेकुरा भान भएको बताउनुभयो । उहाँले देशले एउटा इमान्दार र ठूलो व्यक्ति गुमाएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्