काठमाडौं । गृहमन्त्री रमेश लेखकले पूर्वसभामुख स्व.दमननाथ ढुंगानाको निधनले मुलुकले असल नेता गुमाएको बताउनुभएको छ ।
सोमबार काठमाडौंको नयाँ गौचरणमा राखिएको प्रतिनिधि सभाका पूर्वसभामुख स्व.ढुंगानाका पार्थिव शरीरमा श्रदाञ्जली दिएपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिनुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
गृहमन्त्री लेखकले स्व. ढुंगाना असल राजनीतिज्ञ, संविधानविद् एवं समाजको सबै विषयमा विशिष्ट योगदान दिनुभएको व्यक्ति रहेको बताउनुभयो । उहाँले लोकतन्त्र प्राप्तिको आन्दोलनमा ढुंगानाले महत्वपूर्ण भुमिका खेलेको उल्लेख गर्दै उहाँलाई गुमाउनु पीडादायी भएको बताउनुभयो । उहाँले पूर्वसभामुख ढुंगानाले नै सरकार सत्तापक्षको र सदन प्रतिपक्षको हुन्छ भन्ने संसदीय व्यवस्थाको विश्वव्यापी मान्यतालाई नेपालमा लागू गरेको बताउनुभयो ।
स्व.ढुंगानाले सशस्त्र द्वन्द्वको अन्त्य गरी मुलुकमा शान्ती स्थापनाको लागि समेत महत्वपूर्ण भुमिका खेल्नुभएको गृहमन्त्री लेखकको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्