काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले गिरिबन्धु टिस्टेटको भ्रष्टाचार लुकाउन सरकार सम्पूर्ण शक्तिका साथ लागिरहेको आरोप लगाउनुभएको छ । मंगलबार चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले यस्तो आरोप लगाउनुभएको हो । अध्यक्ष दाहालले आफू नेतृत्वको सरकारले दोस्रो चरणमा गिरिबन्धुको फाइल खोल्न थालेसँगै सरकार फेरिएको बताउनुभयो । उहाँले गिरिबन्धुमा सर्वोच्चको फैसला कार्यान्वयन हुनुपर्ने…