१ माघ २०८१, मंगलबार | Tue Jan 14 2025


गिरिबन्धुको फाइल खोल्न थालेपछि सरकार फेरियो : अध्यक्ष दाहाल


2.405k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले गिरिबन्धु टिस्टेटको भ्रष्टाचार लुकाउन सरकार सम्पूर्ण शक्तिका साथ लागिरहेको आरोप लगाउनुभएको छ ।

मंगलबार चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले यस्तो आरोप लगाउनुभएको हो ।

अध्यक्ष दाहालले आफू नेतृत्वको सरकारले दोस्रो चरणमा गिरिबन्धुको फाइल खोल्न थालेसँगै सरकार फेरिएको बताउनुभयो । उहाँले गिरिबन्धुमा सर्वोच्चको फैसला कार्यान्वयन हुनुपर्ने र भ्रष्टाचारको फाइल खोलिनुपर्ने बताउनुभयो । उहाँले भ्रष्टाचार गर्नेहरुमाथि कारबाही हुनुपर्ने बताउनुभयो ।

अध्यक्ष दाहालले अहिलेको सरकारको नेतृत्व गर्ने राजनीतिक दलमा सम्बन्धित मानिसहरु नै सबैभन्दा बढी सहकारी ठगीमा संलग्न रहेको आरोप लगाउनुभयो । उहाँले कांग्रेस र एमालेका नेताहरुले रवि लामिछानेलाई आफ्नो साथमा ल्याउन प्रधानमन्त्रीको अफर गरेको कुरा आफूले देखेको र सुनेको दाबी गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई पक्राउ गरेको गम्भीर मूल्य एमाले र काँग्रेसले चुकाउनुपर्ने बताउनुभयो ।