१ माघ २०८१, मंगलबार | Tue Jan 14 2025


सात सालको क्रान्तिको जगमा अहिलेको परिवर्तन भएको हो : रामवरण यादव


0
Shares

काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले २००७ सालको क्रान्तिको जगमा अहिलेको उपलब्धी प्राप्त भएको बताउनुभएको छ ।

सोमवार साँझ जनकपुरधाममा महेन्द्रनारायण निधीको जीवनमा आधारित पुस्तक ‘नेपालका निधी’को लोकार्पण समारोहमा बोल्दै यादवले यस्तो बताउनुभएको हो । उहाँले पूर्वी मधेश बलिदानी ठाउँ भएको उल्लेख गर्दै बलिदानको उपलब्धिस्वरुप अहिले आफू जस्तो सामान्य व्यक्ति राष्ट्रपति बनेको बताउनु भयो ।

उहाँले ०६२÷०६३ को परिवर्तन २००७ सालको क्रान्तिको जगमा भएको बताउनुभयो । २००७ सालको क्रान्ति फेल भएको भए यो परिवर्तन सम्भव नरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पूर्वी मधेश बलिदानीको ठाउँ हो । २००७ सालको क्रान्तिको जगमा २०१७ सालको प्रतिगमन, ०३६ सालको आन्दोलन, ०४६ को पुनः स्थापना र ०६२÷०६३ को परिवर्तन २००७ सालको क्रान्तिको जगमा परिवर्तन भएको छ । २००७ सालको क्रान्ति फेल भएको भए यो परिवर्तन सम्भव थिएन । आज म जस्तो मान्छे देशको राष्ट्रपति भएँ ।’

प्रथम राष्ट्रपति यादवले अहिलेको उपलब्धि प्राप्त गर्नुमा सम्पूर्ण देशवासीको योगदान रहेको बताउनुभयो ।