सरकारले प्रस्ताव फिर्ता लिनु उचित हुने उल्लेख गर्दै उनले त्यसो गर्न नसक्ने हो भने प्रस्तावलाई स्थगनको अवस्थामा राख्नुपर्ने बताए । रिपोर्टस् क्लबले मंगलबार काठमाडौंमा गरेको विशेष साक्षात्कारमा अध्यक्ष ओलीले कार्यान्वयन नहुँदै पटक–पटक संविधान संशोधन गर्नु उचित नहुने पनि बताए । संविधान संशोधन अहिलेको प्राथमिकता हुनै नसक्ने भन्दै उनले कार्यान्वयनलाई प्राथमिकतामा राखेर चुनावको मिति घोषणा गर्न…