
अन्त्येष्टिअघि सायमीको शव श्रद्धाञ्जलिका लागि नयाँसडकस्थित भूगोलपार्कमा राखिएको थियो ।
आर्यघाटमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसीलगायतले सायमिप्रति अन्तिम श्रद्धाञ्जलि दिएका थिए ।
मधुमेह, मिर्गौला तथा कलेजो रोगबाट संक्रमित ७२ वर्षीय सायमिको उपचारका क्रममा ललितपुरस्थित अल्का अस्पतालमा निधन भएको हो ।
२०६४ सालको संविधानसभामा नेपाः पार्टीबाट सभासद भएका सायमिका नेपाल भाषामा लेखिएका दुई कवितासंग्रहसहित थुप्रै कृति प्रकाशित छन् ।
सायमिलाई ईमेज च्यानलले नेपाल सम्वत् ११३७ ईमेज सिरपाबाट सम्मानित गरेको थियो ।
२०२० सालदेखि कविता लेख्न सुरु गरेका सायमिका पत्नी तथा एक छोरा र एक छोरी छन् ।
प्रतिक्रिया दिनुहोस्