२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


प्रधानमन्त्री दाहालले कांग्रेस र मोर्चाका नेतालाई बालुवाटार बोलाए


0
Shares

प्रधानमन्त्री दाहालले कांग्रेस र मोर्चाका नेताहरुलाई छलफल गर्न भन्दै अपराह्न ३ बजे बालुवाटारमा बोलाएका हुन् ।

राजनीतिक गतिरोध अन्त्यका विभिन्न विकल्पबारे धारणा बनाउन बैठक बस्न लागेको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

बैठकमा एमाले लगायत विपक्षी दलले संसदमा गरिरहेको अवरोध तथा चुनावको मिति घोषणा गर्ने विषयमा सत्तारुढ छलफल हुने भएको छ ।