१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


शोक प्रस्ताव पारित गरेर संसद बैठक स्थगित


0
Shares

लगातार अवरुद्ध हुँदै आएको संसद बैठक मंगलबार पनि पूर्वसभासद बुद्धरत्न सायमिको निधनप्रति शोक प्रस्ताव पारित गरेर स्थगित गरिएको हो ।

पूर्वसभासद सायमिको निधनको शोकमा संसदमा एक मिनेट मौनधारण पनि गरिएको थियो ।

त्यसपछि सभामुख ओनसरी घर्तीमगरले संसद बैठक बुधबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको जानकारी गराएकी थिइन् ।

संसद–सचिवालयमा दर्ता भएको संविधान संशोधन प्रस्तावको विरोधमा नेकपा एमालेसहितका विपक्षी दलहरुले लगातार संसद बैठक अवरुद्ध पार्दै आएका छन् ।

मधुमेह, मिर्गौला तथा कलेजो रोगबाट संक्रमित नेपाल भाषाका कवि तथा नेपाः राष्ट्रिय पार्टीका पूर्वसभासद बुद्ध सायमिको ७२ वर्षको उमेरमा सोमबार उपचारका क्रममा ललितपुरस्थित अल्का अस्पतालमा निधन भएको थियो ।