२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


प्रदेश नम्बर–२ को संरचनामाथि संशोधनको खाँचो : ओली


0
Shares

तराई–मधेसका सांसद तथा बुद्धिजीवीसँग सोमबार पार्टी केन्द्रीय कार्यालय, धूम्बाराहीमा आयोजित ‘मधेसका समस्या : भ्रम र यथार्थ’ विषयको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले संविधानमा प्रदेश नम्बर–२ को संरचनामाथि चाहिँ संशोधनको खाँचो औंल्याए ।

सरकारले संसदमा दर्ता गरेको संविधान संशोधनको विधेयकमा विद्यमान प्रदेश नम्बर–५ का जिल्लाको हेरफेरको संरचना विगतमा एमालेको पनि प्रस्ताव भएको भन्ने बहस चलिरहेकाबेला अध्यक्ष ओलीले तराई र मधेसलाई अलग गर्ने प्रस्ताव आफूहरुको नभएको जिकिर गरेका हुन् ।

२ नम्बर प्रदेशमा उदयपुर, सिन्धुली, मकवानपुरलगायत पहाडी र भित्री मधेसका जिल्ला समेट्नुपर्ने सुझाव आएको भन्दै उनले सत्ता जोगाउन नेपाली कांगेस र नेकपा माओवादी केन्द्रले संविधान संशोधन प्रस्ताव ल्याएको बताए ।

एमालेलाई मधेसविरोधी पार्टीकारुपमा प्रचार गर्न खोजिए पनि त्यहाँका जनतामा आफ्नो पार्टी लोकप्रिय र राष्ट्रवादी भएको जिकिर गर्दै पूर्वप्रधानमन्त्री ओलीले उच्च मनोबलका साथ आफ्नो क्षेत्रमा पुग्न मधेसका नेता र सांसदलाई आग्रह गरे । रासस