२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


‘गौ’ हत्याको विरोधमा मध्यपश्चिम बन्द, दाङमा पाँच बन्दकर्ता पक्राउ


0
Shares

बन्दको प्रभाव बाँके, बर्दिया, दाङलगायतका जिल्लामा परेको छ । बन्दका कारण ती जिल्लाका शिक्षण संस्था, कलकारखाना, उद्योग, व्यापार ठप्प भएका छन् ।

पूर्व–पश्चिम राजमार्गमा समेत सवारी साधन सञ्चालन हुन सकेका छैनन् । यसैबीच, दाङमा जबरजस्ती बजार बन्द गराउँदै हिँड्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गत बुधबार भीमदत्त सडकखण्डअन्तर्गत कैलालीको गोदावरीस्थित भ्यागुतेमा १४ वटा गाई र ११ वटा गोरुलाई विष खुवाएर मारिएको भन्दै हिन्दूवादी संघसंस्थाले विरोध गर्दै आएका छन् ।