पूर्वसांसद बुद्ध सायमिको मंगलबार अन्त्येष्टि गरिने « Image Khabar


पूर्वसांसद बुद्ध सायमिको मंगलबार अन्त्येष्टि गरिने


Imagekhabar
१२ पुष २०७३, मंगलवार १०:०४

काठमाडौं, पुस १२ । आइतबार निधन भएका नेपाल भाषाका प्रसिद्ध कवि तथा पूर्वसांसद बुद्ध सायमिको मंगलबार अन्त्येष्टि गरिने भएको छ ।

सायमिको शव श्रद्धाञ्जलीका लागि अहिले काठमाडौंको भूगोलपार्कमा राखिएको छ । श्रद्धाञ्जलीपछि उनको पार्थिव शरीर शवयात्रासहित पशुपति आर्यघाटमा पु¥याएर अन्त्येष्टि गरिने छ ।

मधुमेहबाट मृगौला तथा कलेजो संक्रमित भएका ७२ वर्षीय सायमिको उपचारका क्रममा ललितपुरस्थित अल्का अस्पतालमा निधन भएको थियो ।

२०६४ सालको संविधानसभामा नेपाः पार्टीबाट सभासद् भएका साय्मिका दुई कविता संग्रहसहित नेपाल भाषाका थुप्रै कृति प्रकाशित छन् ।

कवि सायमिलाई ईमेज च्यानलले नेपाल सम्वत् ११३७ ईमेज सिरपाबाटसमेत सम्मानित गरेको थियो । २०२० सालदेखि नै कविता लेख्न सुरु गरेका सायमिका पत्नीसहित एक छोरा र एक छोरी छन् ।

 

प्रतिक्रिया दिनुहोस्