मधेसी आयोग गठनबारे सुझाव संकलन गरिने

संसदको सामाजिक न्याय तथा मानवअधिकार समितिले मंगलबार राजधानीमा गरेको छलफलमा संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले सरोकारवालाहरुको सुझावका आधारमा मधेसी आयोग गठनको ब्यवस्थालाई अन्तिम रुप दिइने बताए ।
उनले आयोग गठनले मधेसी समूदायका समस्या समाधानमा सहयोग पुग्ने विश्वास पनि ब्यक्त गरे ।
कार्यक्रममा सामाजिक न्याय तथा मानवअधिकार समितिका सभापति सुशीलकुमार श्रष्ठले पीछडिएका वर्ग, महिला र मधेसीको भावना अनुसार काम गर्न आयोग सफल हुने आशा गरिएको बताए ।
कार्यक्रममा अधिवक्ता दिपेन्द झा, सतिश झा लगायतले मधेसी आयोगको सम्वन्धमा व्यवस्था गर्न वनेको विधेयकबारे सुझाव राखेका थिए ।