काठमाडौं, चैत २४ । नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा विजयी भएका छन् ।सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बुधबार भएको निर्वाचनमा देउवाले १३९ र उनका प्रतिस्पर्धी रामचन्द्र पौडेलले ६७ मत प्राप्त गरे । निर्वाचनमा २०६ मत खसेको थियो ।कांग्रेसका २०७ जना सांसदमध्ये नरहरि आचार्यबाहेक सबैले मतदान गरेका हुन् । आचार्य भने अस्वस्थताका कारण मतदानमा…