सरकार गिराउने खेलमा नलाग्न सुझाव • Image Khabar Image Khabar


सरकार गिराउने खेलमा नलाग्न सुझाव


Imagekhabar
२४ चैत्र २०७२, बुधबार ०६:१७

सरकार गिराउने खेलमा नलाग्न सुझाव

काठमाडौं, चैत २४ । नेकपा एमालेका महासचिव इश्वर पोखरेलले सरकार गिराउने खेलमा नलाग्न नेपाली कांग्रेसलाई आग्रह गरेका छन् ।

एमाले मुख्यालयमा आज पार्टी नवप्रवेशीहरुलाई स्वागत गर्दै महासचिव पोखरेलले नेपाली कांग्रेसलाई सरकार गिराउने खेलमा नलागि यही सरकारमा सहभागी हुन आग्रह गरे ।

उनले वर्तमान सरकार ढाल्न राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्ति केन्द्र लागिरहेको भन्दै उनीहरुको प्रयासलाई सफल पार्न नदिने बताए । संविधान कार्यान्वयनका लागि सबै दल मिलेर अघि बढ्नुको विकल्प नभएको उनको भनाइ थियो ।

महासचिव पोखरेलले एमालेमा प्रवेश गर्नेहरुलाई अविर लगाएर स्वागत गर्दै पार्टीभित्र उचित स्थान दिने बताए ।

प्रतिक्रिया दिनुहोस्