डा. महत अस्पतालबाट घर फिर्ता • Image Khabar Image Khabar


डा. महत अस्पतालबाट घर फिर्ता


Imagekhabar
२२ चैत्र २०७२, सोमबार १२:५५

डा. महत अस्पतालबाट घर फिर्ता

काठमाडौं, चैत २२ । घरमा लडेर घाइते भएका नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतको कुर्कुच्चाको जोर्नीको शल्यक्रिया र केही दिनको अस्पताल बसाइपछि सोमबार धापासीस्थित ग्रान्डी अस्पतालबाट घर फर्किएका छन् ।

अस्पतालका मेडिकल डाइरेक्टर तथा अर्थोपेडिक सर्जन डा. चक्रराज पाण्डेलगायतका चिकित्सकको टोलीले गत शुक्रबार उनको कुर्कुच्चाको जोर्नीको सफल शल्यक्रिया गरेको थियो ।

गत १७ गते बुधबार अपरान्ह आफ्नै घरको भर्‍याङबाट लडेर बायाँगोडामा चोट लागेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । रासस

तस्वीर सौजन्यः ग्रान्डी अस्पताल/रासस ।

प्रतिक्रिया दिनुहोस्