Logo ९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026


रातिको समयमा यातायात संचालन नगर्न प्रशासनको अनुरोध


0
Shares

माधव पाेखरेल, उदयपुर । जिल्ला प्रशासन कार्यालय उदयपुरले मौसम विज्ञान विभागको मौसमी बुलेटिन अनुसार एक सूचना जारी गर्दै रातिको समयमा यातायात सेवा संचालन नगर्न सम्बन्धित सरोकारबालाहरु सबैलाई अनुरोध गरेको छ ।

उक्त सूचनामा नेपाल मौसम विज्ञान विभागको मिति २०८३ असोज ५ गते जारी विशेष मौसमी बुलेटिन अनुसार २०८३ असोज ८ गतेदखि ११ गतेसम्म देशभर ठूलो वर्षा हुने सम्भावना रहेकोले उक्त वर्षाको प्रभाव उदयपुर जिल्लामा समेत पर्ने भएकोले यस जिल्लास्थित कटारी घुर्मी तथा साउने रसुवा लगायतका पहाडि क्षेत्रमा संचालन हुने सवारी साधनहरु संचालन गर्दा जोखिमयुक्त हुने भएकोले २०८३ असोज ८गतेदेखि १२ गतेसम्म साँझ ५ बजेदेखि विहान ५ बजेसम्म रातको समयमा सम्पूर्ण किसिमका सवारी साधनहरु संचालनमा रोक लगाइएको व्यहोरा रसोकारवाला सबेको जानकारीकालागि यो सूचना जारी गरिएको उल्लेख छ ।

प्रशासकीय अधिकृत पदमप्रसाद उपाध्यायद्धारा हस्ताक्षरित उक्त सूचनामा सबै किसिमका सम्भावित दूर्घटना तथा क्षती रोकथामकालागि पूर्व सतर्कता अपनाई सहयोग गरिदिन हुन तथा अत्यावश्यक सेवाका सवारी साधनहरुले नजिकका सुरक्षा निकायसँग सम्पर्क गर्न भनिएको छ ।

Skip This