संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको सोमबार बसेको पहिलो बैठकले सो कार्यविधि पारित गरेको हो । बैठकको अध्यक्षता गरेका प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले उक्त कार्यविधि पारित गर्नका लागि प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव गरेलगत्तै सांसद प्रेम सुवालले आसनबाट उठेर नियमापत्ति जनाएपछि ज्येष्ठ सदस्य ठाकुरले ‘कुनै नियम नबनेको अवस्थामा केको आपत्ति ?’ भन्दै आसनग्रहण गर्न…