कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान सकियो, गणना तत्कालै • Image Khabar Image Khabar


कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान सकियो, गणना तत्कालै


Imagekhabar
२१ फाल्गुन २०७४, सोमबार १२:२३

कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान सकियो, गणना तत्कालै

काठमाडौं, फागुन २१ । नेपाली काँग्रेस संसदीय दलको नेता चयनका लागि मतदान सकिएको छ ।

संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान १० बजेदेखि मतदान सुरु भएको थियो । सांसद प्रदिप गिरी र गगन थापाले अन्तिम मतदान गरेका छन् ।

निर्वाचन समितका अनुसार मत गणना तत्कालै सुरु गरिने छ । दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र पूर्व महामन्त्री प्रकाशमान सिंह प्रतिस्पर्धामा छन् ।

मतदानका क्रममा पहिलो भोट नेता सिंहले खसाले भने दोस्रो भोट देउवाले खसालेका थिए ।

प्रतिनिधिसभामा कांग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिकतर्फका ४० गरी ६३ जना सांसद छन् ।

मतदान लगत्तै मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ । आज २ बजे नै संसदीय दलको बैठक समेत आब्हान गरिएको छ ।

संसदीय दलको उपनेता र राष्ट्रियसभा दलको नेता पनि संसदीय दलको नेताले नै तोक्ने कांग्रेस संसदीय दलको विधानमा उल्लेख छ ।

त्यस्तै, राष्ट्रियसभाका प्रमुख सचेतक प्रतिनिधिसभाको प्रमुख सचेतकको सिफारिसमा संसदीय दलको नेताले नै चयन गर्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्