२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित


0
Shares

संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान १० बजेदेखि भएको निर्बाचनबाट प्रतिस्पर्धी पूर्व महामन्त्री प्रकाशमान सिंहलाई हराउँदै सभापति देउवा दलको नेता चुनिएका हुन् ।

६३ मतमध्ये सभापति देउवाले ४४ र सिंहले १९ मत प्राप्त गरे ।

आज विहान मतदानकाक्रममा पहिलो भोट नेता सिंहले खसाले भने दोस्रो भोट देउवाले खसालेका थिए ।

प्रतिनिधिसभामा कांग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिकतर्फका ४० गरी ६३ जना सांसद छन् । आज २ बजे नै संसदीय दलको बैठक समेत आब्हान गरिएको छ ।