
संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको सोमबार बसेको पहिलो बैठकले सो कार्यविधि पारित गरेको हो ।
बैठकको अध्यक्षता गरेका प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले उक्त कार्यविधि पारित गर्नका लागि प्रस्ताव गरेका थिए ।
उक्त प्रस्ताव गरेलगत्तै सांसद प्रेम सुवालले आसनबाट उठेर नियमापत्ति जनाएपछि ज्येष्ठ सदस्य ठाकुरले ‘कुनै नियम नबनेको अवस्थामा केको आपत्ति ?’ भन्दै आसनग्रहण गर्न आग्रह गरेका थिए
सो प्रस्ताव ‘हुन्छ’ र ‘हुन्न’ भन्ने ध्वनिमतका आधारमा मत विभाजन गर्दा सर्वसम्मतिले पारित भएको हो ।
प्रतिनिधिसभाको सोमबार बसेको पहिलो बैठकले संसद नियमावली नहुन्जेलका लागि सदन सन्चालन गर्न आवश्यक कार्यविधि पारित गरेको हो ।
बैठकले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सांसद खगराज अधिकारी, मानबहादुर विक, पूर्णकुमारी सुवेदी, लक्ष्मणलाल कर्ण र उमाशंकर अर्गरियालाई मनोनयन गरेको छ ।
ज्येष्ठ सदस्य ठाकुरले बैठकको सुरुमै राष्ट्रपति कार्यालयबाट प्राप्त संसदको पहिलो अधिवेशन आह्वान र सरकार गठनसम्बन्धी छुट्टाछुट्टै पत्र पढेर सुनाएका थिए ।
प्रतिनिधिसभाको अर्काे बैठक फागुन २२ गते बिहान ११ बजे बस्नेछ । रासस
प्रतिक्रिया दिनुहोस्