प्रधानमन्त्री निवास बालुवाटारमा साँझ भएको छलफलमा सरकारले पेस गरेको विधेयक राष्ट्रपतिले रोक्न वा फर्काउन नमिल्ने सुझाव संविधानविद्हरुले दिएका थिए । संविधानअनुसार सरकारले पेस गरेको विधेयक राष्ट्रपतिले रोक्न नहुने कानूनविद्को निष्कर्ष थियो । सरकारले दुई महिनाअघि राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पेस गरेको थियो । अहिले राष्ट्रियसभा गठन गरेपछिमात्रै प्रतिनिधिसभाको समानुपातिकतर्फको संख्या बाँडफाँट हुने…