२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


‘टेम्पो चलाउने होइन, जेटमा पनि दुईजना पाइलट हुन्छन्’, ओली–दाहालले जे भने… (भिडियो)


0
Shares

पार्टी एकताको औपचारिक घोषणका लागि बिहीबार राष्ट्रियसभागृहमा आयोजित कार्यक्रममा उनले ‘स्थानीय तहदेखि संघीय सरकारसम्म अब कम्युनिष्ट पार्टीको एकल बहुमतको सरकार रहेकाले देश विकास र समृद्धिका काम अघि बढाउन अरुलाई दोष दिने ठाउँ छैन’–भने ।

एमाले र माओवादी केन्द्रबीच ‘एकतामात्रै नभइ अन्तरघुलन’ नै भएको भन्दै ओलीले ‘नदीहरु हिन्द महासागरमा मिसिएपछि अब को–कताबाट आएको भन्ने थाहा हुँदैन’–भने ।

एकीकृत पार्टीमा दुईजना अध्यक्ष रहेको प्रसंग जोड्दै उनले ‘टेम्पो चलाउने होइन, जेटमा पनि दुईजना पाइलट हुन्छन्’–भने ।

आफूहरुको एकताबाट नेपाली कांग्रेस अलि बढी अत्तालिएको भन्दै उनले एकता कसैकाविरुद्ध नभएको स्पस्ट पारे ।

कांग्रेसले एउटा चुनाव हार्दैमा नअत्तालिइकन देश निर्माणमा वैधानिक प्रतिपक्षकोरुपमा रहेर सहयोग गर्नुपर्ने प्रधानमन्त्री ओलीको आग्रह थियो ।

कार्यक्रममा अर्का अध्यक्ष पुष्पकमल दाहालले देशले अब थप अराजकता सहन सक्दैन भन्ने महसुस भएरै आफूहरु एकीकृत पार्टी बनाउने अभियानमा आइपुगेको बताए ।

आफूले गल्ती गर्दा देश र जनताले फेरि पनि दुःख पाउँछन् भन्ने अनुभूति : दाहाल
आफूले गल्ती गर्दा देश र जनताले फेरि पनि दुःख पाउँछन् भन्ने अनुभूति भएको भन्दै दाहालले ‘जनयुद्धमा मर्न पाइनँ भनेर झगडा गर्नेहरु अहिले सांसद र मन्त्री बन्न पाइनँ भनेर झगडा गर्ने अवस्था आइपुगेको’ बताए ।

हाइड्रोजन र अक्सिजनको मिश्रणबाट पानी बनेझैं दुई पार्टीको एकता अघि बढ्ने भन्दै उनले मिश्रणपछि हाइड्रोजन र अक्सिजन छुट्याउने अवस्था नरहने विश्वास व्यक्त गरे ।

कार्यक्रममा पार्टी एकताको ६ बुँदे घोषणापत्र वाचन गर्नेक्रममा नवगठित पार्टीका सचिवालय सदस्य माधवकुमार नेपालले देश र जनताको हीतका निमित्त निकै कस्टपूर्ण अवस्था छिचोल्दै एकता प्रक्रिया टुंगोमा पुर्‍याएको उल्लेख गरे ।

भिडियो हेर्नुहोस्